Tuesday, October 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बीमा बापतको ७० हजार रुपैँया हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ११, २०७८
in समाचार
0
प्रेस युनियन सुनसरीद्वारा दुर्घटना बीमा बापतको ७० हजार रुपैँया हस्तान्तरण
184
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

आज (बुधबार) खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बीमा बापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटना बापतको ७० हजार रुपैँया रकम हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, महासंघका सचिव ध्रुव ढकाल, महासंघका सदस्य विवेक विवश रेग्मी, पत्रकारद्वय बाबुराम सुवेदी, अर्जुन सुवेदी लगायतको उपस्थितिमा उक्त बीमा बापतको रकम हस्तान्तरण गरिएको हो ।

‘अघिल्लो वर्ष जिल्लाका तीन सय १४ सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो, जसमध्ये दुर्घटनामा परेका तीनजना सञ्चारकर्मीलाई रकम हस्तान्तरण गरिएको छ भने एकजनाको रकम आउने प्रक्रियामा छ,’ सचिव भट्टराईले भने, ‘अजोड इन्स्योरेन्समार्फत गरिएको बीमा यसपटक पनि गर्ने तयारीमा छौँ ।’

उनका अनुसार यसपटक दुर्घटना बीमाका लागि सुनसरीमा कार्यरत सञ्चारकर्मीले आफू कार्यरत सञ्चार गृहको परिचयपत्र, आफू कार्यरत सञ्चार गृहको सिफारिस, सञ्चार गृहको नियुक्ति पत्र, नागरिकताको प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै, दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्ने उनले बताए । आफैं कार्यरत सञ्चार गृहले दुर्घटना बीमा गरिसकेको अवस्थामा दोहोर्याएर पेस गरे मान्य नहुने बताइएको छ ।

प्रेस युनियनका अध्यक्ष पवन अधिकारीका अनुसार गत वर्ष युनियनले जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमा गरेको थियो ।

‘यसवर्ष परिमार्जित योजना अनुरूप दुर्घटना बीमा गर्ने तयारी गरेका छौँ,’ उनले भने, ‘भरसक कसैको पनि दुर्घटना नहोस्, दुर्घटना भएको अवस्थामा केही भपनि राहत होस् भन्ने उदेश्यले बीमा कार्यक्रम अगाडि सारिएको हो ।’

उनका अुनसार यसवर्ष दुर्घटना बीमा गरिएका सञ्चारकर्मीहरू दुर्घटनामा परेको अवस्थामा मिडिया हाउसबाट पाइरहेको न्यूनतम पारिश्रमिक समेत पाउने योजना अनुसार बीमा गर्न लागिएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटनामा परेर बसेको समयमा राहत महसुस हुनेगरी युनियनले दुर्घटना बीमाको योजना ल्याउनु सकारात्मक रहेको बताए ।

उनले भने, ‘पैसा ठूलो कुरा होइन, संस्थाको दायित्व र यसले गर्ने सपोर्ट ठूलो कुरा हो ।’ कोही सञ्चारकर्मी दुःखमा परेको अवस्थामा संगठन साथ रहनु सकारात्मक रहेको उनको तर्क छ ।

यो पनि – प्रेस युनियन सुनसरीद्वारा परिवर्तित नीति अनुसार सञ्चारकर्मीको दुर्घटना बीमा गरिने (कागजात केके ?)

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमाबीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते
समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोला नजिक सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। सोमबार...

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कटारीमा भएको बोलेरो दुर्घटनामा १५ जना घाइते

कार्तिक ९, २०८३
धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.