धरान
धरानका दुईजना कोरोना संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार प्रतिष्ठानमा उपचारको क्रममा धरान ११ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। दीर्घ रोगी रहेका मृतकको बुधबार राति ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
मृतकले कोभिड १९ विरुद्धको खोप लगाएको पनि प्रतिष्ठानले जनाएको छ ।
उनलाई माघ ६ गते कोभिड संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।
यस्तै, धरान वडा नं १५ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा उपचारको क्रममा वृद्धको बिहीबार (आज) बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकले कोभिड विरुद्धको खोप पनि लगाएका थिए ।
उनलाई माघ ९ गते संक्रमण पुष्टि भएको थियो भने हिजो (बुधबार) कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post