इटहरी : पेट्रोलियम पदार्थको मूल्य १२ दिनमै वृद्वि भएको छ । यसअघि गत ६ माघबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्वि भएको थियो ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपैयाँले फेरि बढाएको हो ।
बढेको मूल्य गएराति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४२, डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २५ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय डलर बढेको छ ।















Discussion about this post