मोरङ : मोरङको कानेपोखरी गाउँपालिका ५ बाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ वर्षीय रुपक श्रेष्ठ, २६ वर्षीय कृष्ण रणपहेली, बेलवारी ९ का २८ वर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ वर्षीय रवी चौधरी रहेका छन् ।
प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ४० मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्धामा म्याद थप भइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।












Discussion about this post