धरान : धरान उपमहानगरपालिका १६ बाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १६ का २४ वर्षीय प्रबिण भुजेल रहेका छन् ।
संघीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले विशेष सूचानाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
प्रतिवन्धित लागूऔषध ब्राउनसहित पक्राउ परेका भुजेलमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post