झापा : झापाको शिवसताक्षी नगरपालिका १ स्थित सडकको नालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका टीकामाया श्रेष्ठको ३ वर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन् ।
घरबाट १५० मिटर उत्तरमा रहेको सडकको नालीमा डुबिरहेको अवस्थामा उनका काका दिनेश श्रेष्ठले फेला पारी तत्काल उपचारका लागि लाईफलाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post