मोरङ : मोरङको केराबारी गाउँपालिका ८ को हजार बिघा सामुदायिक बन क्षेत्रमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।
घटनामा संग्लग्न केराबारी गाउँपालिका ३ का ३५ वर्षीय कमल लिम्बूलाई प्रहरीले पक्राउ गरेसँगै हत्या भएको खुल्न आएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामुदायिक बन क्षेत्रमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।
शव फेला परेको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा भट्टराई पौष २७ गतेदेखि बेपत्ता भएको र पौष २८ गते लिम्बूसँग बादबिबाद भएको तथा लिम्बूले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको छ ।
यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आएसँगै लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।













Discussion about this post