इटहरी : सुनसरीको भोक्राहा–नरसिङ गाउँपालिका ७ मा खाल्डोमा जमेको पानीमा डुबेर एक शिशुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा–नरसिङ ७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन ।
भोक्राहा नरसिङ १ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुबेर मृत अवस्थामा उनकै आमाले फेला पारेकी थिइन् ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post