मोरङ : मोरङको धनपालथान गाउँपालिका २ खयरबनाबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका ४ का २३ वर्षीय इस्माईल मियाँ, शेखवेलाल मियाँ र २८ वर्षीय शेखवेहालुन मियाँ रहेका छन् ।
भारतबाट को ३ प ६२९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट लागूऔषध नाइट्राभेट चार सय ५० ट्याब्लेट बरामद भएको छ ।
पक्राउ परेकाहरूमाथि थप अुनसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post