धरान : कोशी राजमार्गस्थित धरानमा एक पुरुषको शव फेला परेको छ ।
धरान ४ देवीथान नजिकमा पर्ने सडक किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो ।
शवको सनाखत नभएकाले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
कोशी राजमार्गको धरान–भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post