इटहरी : इटहरीमा दुईदिनमा पाँच वटा कालोपत्रे सडक उद्घाटन गरिएको छ ।
बुधबार (आज) पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्बर १ एमाले ंसंसदीय दलका नेता भीम आर्चायले १४१ वर्षसम्म यहाँका जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोड्ने वीरनारायण माझी मार्ग उद्घाटन गरे ।
यस्तै, आजै वडा नम्वर १० टावर देखि आमझोकी सम्मको करीब आठ किलोमिटर सडक उद्घाटन गरिएको छ ।
मंगलबार (हिजो) पूर्व मूख्यमन्त्री आर्चायले वडा नम्वर १८ बडहरादेखि वडा नम्बर २० को तरहरा जोड्ने ६.१ किलोमिटर सडक, वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा सम्मको ३.८२ किलोमिटर सडक र वडा नम्बर १ र ५ जोड्ने १.२ नमूना सडकको उद्घाटन गरे ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले एक वर्षको बजेटले मात्र काम नहुने भएकाले गाँउ–गाँउका जनतासँग छलफल गरेर तीन वर्षको वजेट जोहो गरी वहुवर्षे सडक निर्माण गरिएको जानकारी दिए ।
४२ किलोमिटर बाहिरी चक्रपथ निर्माणका लागि पहल गरिदिन पूर्वमुख्यमन्त्री आर्चायसँग आग्रह समेत गरे ।
छुट्टाछुट्टै पाँच ठाँउमा भएका उद्घाटन कार्यक्रममा इटहरीका वडाध्यक्षहरू प्रकाश चौधरी, रुपेश चौधरी, रामकुमार चौधरी श्री नारायण चौधरी, कल्याण कार्की, मणिराम श्रेष्ठ, कार्यवाहक वडाध्यक्ष निश्चल पोखरेल लगायतले गाँउ–गाँउमा सडक पुगेपछि जनताले उपमहानगरवासी भएको अनुभूत गर्न पाएको बताए ।



















Discussion about this post