इटहरी : मोरङको धनपाल थान ४ की २८ वर्षीया कौशल्या साह सोनारको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विराटनगर अस्पतालमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
विराटनगर २ स्थित विराट नर्सिङ होममा उपचारका लागि ल्याएकी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल समेत तोडफोड गरेका थिए । गत फागुन ४ गते अस्पताल ल्याएकी सोनारको पाठेघरको उपचारको क्रममा डाक्टरको लार्पाबाहीका कारण मृत्यु भएको आफन्तको भनाई छ ।
आक्रोशित भीडले अस्पतालमा ढुङ्गामुडा प्रहार गर्न थालेपछि मोरङ प्रहरीले उनीहरुलाई लाठी चार्ज गर्दै भीडलाई कम पारेकोे थियो ।
मोरङ प्रहरीले थप घटना हुन नदिनको लागी जनपथ प्रहरीसँगै सशस्त्र प्रहरीको समेत बाक्लो मात्रामा उपस्थित गराएको थियो ।











Discussion about this post