धनकुटा : धनकुटा नगरपालिका ९ मुलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
मृत फेला परेकी महिला धनकुटा नगरपालिका ९ स्थित बिश्रान्ति बृद्धाश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेको प्रहरीले जनाएको छ ।
लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्धाश्रमदेखि बेपत्ता भएको प्रहरीमा जानकारी भएसँगै प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार (आज) बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र घटनाबारे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post