उदयपुर : उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकलले ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।
आज बिहान स ७ प ८६९२ नम्बरको मोटरसाईकलको ठक्करबाट घाईते भएकि पैदल यात्री बेलका नगरपालिका ३ कि ७६ वर्षीय राम माया आलेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाईकल र चालक त्रियुगा नगरपालिका ७ का २० वर्षीय बिष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।











Discussion about this post