इलाम : इलामको माइ नगरपालिका १ स्थित तेह्रकुने सिमसार पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय तेजबहादुर राईको ११ वर्षीय छोरा बर्धन राई रहेका छन् ।
साथीहरूसँग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबेर बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा प्रहरी चौकी दानबारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबेको अवस्थामा मृत फेला पारेको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post