बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका १ खहरे खोलास्थित पकली–चतरा सडकखण्डमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार मृत्यु हुनेमा बराहक्षेत्र २ का ३० वर्षीय अमित पाण्डे रहेका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २९ प ६२०६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको को ९ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा उनको मृत्यु भएको राजवंशीले बताए ।
दुर्घटनामा को २९ प ६२०६ नम्बरको मोटरसाइकल चालक जिल्ला मोरङ केराबारी गाउँपालिका ७ बस्ने ३६ वर्षीय छत्रबहादुर बिक गम्भीर घाइते भएका छन् ।
यस्तै, सोही मोटरसाइकल पछाडि सवार उनकै श्रीमती ३८ वर्षीया कुमारी बिक पनि घाइते भएकी छन् ।
उनीहरूको उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post