इटहरी : सुनसरीको बर्जु गाँउपालिका ६ स्थित थलाह खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु १ का लक्ष्मण ऋषिदेवका १३ वर्षीय छोरा निशान ऋषिदेव रहेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी टोली खटिइ कानूनी प्रक्रिया पूरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post