उदयपुर : उदयपुरको लिम्चुम्बुङ गाउँपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
लिम्चुम्बुङ ३ को सडक खण्डमा गिट्टी लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकबाट करीब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका चालक मकवानपुर हेटौंडाका २८ र्षीय राजेन्द्र प्रजाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बबन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











Discussion about this post