उदयपुर : उदयपुरको त्रियुगा खोलामा डुबेर बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको हल्दिबारी घर भइ त्रियुगा नगरपालिका ७ मा बस्दै आएका गौरबहादुर मगरका ५ वर्षीय छोरा निस्पल मगर रहेका छन् ।
खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबिरहेको अवस्थामा मृतकका आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post