इटहरी : इटहरीमा ५ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
इटहरी १५ मधेशास्थित साथीहरूसँग खेल्ने क्रममा डुबेर ५ वर्षीय रोहित चौधरीको मृत्यु भएको हो ।
घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका छोरा रोहित अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post