भोजपुर : भोजपुरको पौवादुङ्मा गाँउपालिका २ स्थित खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सोमबार (आज) दिउँसो साढे ११ बजे मामाघर पौवादुङ्मामा आएका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ वर्षीय छोरा आशिष मगरको मृत्यु भएको हो ।
खेल्ने क्रममा लडेर खाल्डोको पानीमा डुब्दा अचेत अवस्थामा आफन्तले फेला पारेर उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post