मोरङ : मोरङको केराबारी गाँउपालिका ८ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार (आज) बिहान पौने ९ बजे को २ त ६७०० नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरी लैजाने क्रममा ट्याक्टरको अगाडिको भाग उचालिदाँ ट्याक्टर चालक केराबारी १० का १९ वर्षीय पिलिज बिकको मृत्यु भएको हो ।
ट्याक्टरको स्ट्रिङले च्यापिएर घाइते भएका उनको उपचारको लागि स्थानीय सुकुना अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय केराबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post