इटहरी : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।
निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको मूल्यवृद्वि गरेको थियो ।















Discussion about this post