मोरङ : मोरङको उर्लाबारीमा पिकअप भेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका ४ आइतबारेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ च ६३९९ नम्बरको पिकअपले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका ३ का २८ वर्षीय राजन धिमालको मृत्यु भएको हो ।
प्रहरीले पिकअप भेन र चालक उर्लाबारी ४ का २१ वर्षीय दीपेन्द्र बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ ।












Discussion about this post