धरान : धरान उपमहानगरपालिका १३ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा घर भइ हाल धरान १३ मा कोठाभाडामा बस्दै आएका ५० वर्षीय कालेबहादुर तामाङ, २० वर्षीय अभिषेक खड्का, २१ वर्षीय मौषम नेपाली र ३९ वर्षीया मुना तामाङ रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूको साथबाट ब्राउनसुगर बरामद गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका चारैजनामाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post