इटहरी : लिम्बूवान राष्ट्रिय समितिका पहिलो सांसद पूर्व संविधानसभा सदस्य राजकुमार लिम्बू लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रवेश गरेका छन् ।
उनलाई पूर्व पार्टीका नेता तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र महतोले प्रवेश गराएका हुन् ।
१ नं. प्रदेशसभा सदस्य समेत रहेका उनलाई एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराइएको हो । पार्टी प्रवेश गर्दै लिम्बूले मधेशको माग पूरा नभएकाले आदिवासी लिम्बूवान एक हुनुपर्ने बताए ।
लोसपा सुनसरीका सचिव अनुप सुब्बाका अनुसार निरन्तरको छलफलपछि उनलाई पार्टी प्रवेश गराइएको हो ।
उत्पीडनमा रहेकाहरू एक भएर हिड्नुपर्ने बताउँदै उनले आफ्नो पहिचान र हक अधिकारको निम्ति लोसपाले आवाज उठाउँदै आएको बताए ।












Discussion about this post