Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कांग्रेस इटहरीमा एकताको सन्देश, नेताहरू भन्छन् – ‘यसपटक नगरको नेतृत्व कांग्रेसले गर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २७, २०७८
in समाचार, स्थानीय निर्वाचन
0
कांग्रेस इटहरीमा एकताको सन्देश, नेताहरू भन्छन् – ‘यसपटक नगरको नेतृत्व कांग्रेसले गर्छ’
1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अहिले दलहरूले चुनावी सभा तथा उमेद्वार घोषणाको कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यसैबीच नेपाली कांग्रेस इटहरीमा पनि यहाँका प्रत्याशीबीच छलफल तथा उमेद्वार घोषणा कार्यक्रमको आयोजना गरेको छ । आइतबार (आज) इटहरीमा आयोजित कार्यक्रममा कांग्रेसका नेताहरूले इटहरीमा एक व्यक्तिले प्रमुख पदमा टिकट पाएपनि कांग्रेस एक हुने प्रतिवद्वता व्यक्त गरेका छन् ।

०७४ सालको निर्वाचनमा थोरै मतले मात्रै पराजित भएको इटहरीमा यसपटक कांग्रेसले नेतृत्व लिने रणनीति बनाएर नेतृत्वहरूबीच छलफल पनि भइरहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै नगरसभापति हेमकर्ण पौडेलले आफू स्वभाविक रूपमा मेयरको दाबेदारी रहेकाले टिकट पाएको अवस्थामा

कम्युनिस्टको गढ मानिएको इटहरीमा कांग्रेसलाई जिताउने दाबी गरे । ‘म तपाईँहरूसँग जिम्मेवार हुनुपर्छ, आज एउटा वडामा एकजना वडाध्यक्षको ठाउँमा दसौँजना सिफारिस हुनु पनि सकारात्मक हो,’ उनले भने, ‘इटहरीका २० वटै वडामा म नेतृत्व गर्छु भनेर उपस्थितिको संख्या बढ्नु सकारात्मक पक्ष हो ।’

निर्वाचनमा कांग्रेसबाट जो कोहीले टिकट पाएपनि जीत निश्चित जस्तै रहेको उनको भनाइ छ ।

‘निर्वाचनमा कसले टिकट पाउँछ, त्यो कुन समूहसँग छ भन्ने कुराको ख्याल नगरीकन रुख चिह्नलाई छातीमा राखेर हिँडिरहेका छौँ,’ पौडेलले भने, ‘मैले मेयर पदको टिकट नपाउँदा कुनै समस्या छैन, न शारीरिक न मानसिक समस्या नै छ । राजनीतिमा एउटा पद हुन्छ, त्यसका लागि प्रतिष्पर्धीहरू धेरै हुनुहुन्छ, यसपटकको नेतृत्व कांग्रेसले गर्छ ।’

उनले आफूले टिकट नपाएको अवस्थामा कार्यकर्ताको मनोबल गिर्नेगरी व्यवहार नहुने उदृत गर्दै भने, ‘मेरो उमेद्वारी स्वभाविक हो, मेरो उमेद्वारी कांग्रेस जिताउने हो, टिकट कसले पाउँछ भन्ने होइन ।’

गत स्थानीय तहको निर्वाचनमा इटहरीका मेयरका प्रत्याशी तथा महाधिवेशन प्रतिनिधि समेत रहेका रोहित प्रसाईँले पनि आफू स्वभाविक उमेद्वार रहेको बताए ।

आफूले उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व तथा उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा रहेर सकारात्मक काम गरेको स्मरण गरे ।

उनले भने, ‘प्लाष्टिकमुक्त इटहरी, हरितनगरी इटहरी र विगतमा फोहोर व्यवस्थापनका लागि पनि मेरो अगुवाईमा विभिन्न राम्रा काम भएका छन्, गत निर्वाचनमा थोरै मतले मात्रै पराजित भएको हुँ, त्यसैकारण पनि एकपटक अवसरमो रूपमा मलाई पार्टीले अगाडि सार्नुपर्छ ।’

उनले आफूले टिकट नपाएपनि कांग्रेसको उमेद्वार जो कोही रहेपनि जिताउने भूमिकामा रहने बताए । भने, ‘एकपटक अवसरको रूपमा पनि मैले नेतृत्व गर्नुपर्छ भनेर मेयरको रुपमा प्रस्तुत गरेको हुँ ।’

उवासंघ इटहरीका अध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि भीमबहादुर पौडेलले इटहरीलाई समृद्व बनाउन आफूले उमेद्वारी दिएको बताए ।

उनले आफूले कोभिड कार्यकालमा आइसोलेसन सेन्टर निर्माण गर्दै जनतालाई प्रत्यक्ष सेवा दिएको स्मरण गर्दै भने, ‘हरेक विपत्तिका बेला जनताको साथमा रहेर प्रत्यक्ष रूपमा काम गर्नका लागि मेरो उमेद्वारी हो, मैले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा सकारात्मक काम गर्नका लागि आफूलाई मेयरको रूपमा प्रस्तुत गरेको हुँ ।’

यता, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विकास केसीले पनि आफूलाई मेयरको आकांक्षीका रूपमा प्रस्तुत गरे ।

उनले भने, ‘मैले विद्यार्थीकालमा गरेका सकारात्मक कामका कारण पनि आज मेयरको दर्बिलो रुपमा आकांक्षा राखेको छु ।’ उनले कांग्रेसको विभिन्न पदमा रहेर सकारात्मक काम गरेको छु । इटहरीको विकास गर्नका लागि मेरो उमेद्वारी हो ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि रमेश पोखरेलले कांग्रेस एक हुनुपर्नेमा जोड दिए । भने, ‘मेयरमा मेरो पनि दाबेदारी हो, तर सहमतिका आधारमा नाम सिफारिस हुनुपर्छ, होइन भने टिकट जसले आएपनि काँधमा काँध मिलाएर अगाडि बढ्न आवश्यक छ ।’

उनले कांग्रेसका तर्फबाट टिकट जसले प्राप्त गरेपनि एक हुनुपर्ने अन्यथा पार्टीलाई धोका दिएको अवस्थामा साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले कांग्रेसको प्रमुख सत्रु एमाले रहेकाले आगामी निर्वाचनमा एक भएर देशैभरी कांग्रेसको जीतका निम्ति लागि पर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसलाई हामी आफैँले जिताउने हो, अर्कोले आएर चुनाव जिताइदिने होइन ।’ उनले कांग्रेसमा एकता भएको बताउँदै गठबन्धनको नाम लिएर इटहरीमा अन्य दलले टिकट नपाउने बताए ।

इटहरीको मेयरका लागि नगरभापति हेमकर्ण पौडेलसहित दस जनाले आकांक्षा राखेका छन् । जसमध्ये रोहित प्रसाईँ, भीमबहादुर पौडेल, विकास केसी, रमेश पोखरेल, नगेशचन्द्र राई, सूर्य राई, कल्पना चौधरी, रामरोहण चौधरी, बिष्णुबहादुर डाँगी छन् ।

यस्तै, उपमयेरका लागि गीता श्रेष्ठ, विमला ढकाल शिवाकोटी, सुशीला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, कौशिला सुनुवार, सुशीला लेखी, रामपरी चौधरी, रुपा कार्की, मेनुका गिरी, शिला गजमेर, राधिका थापा लगायतले आकांक्षा राखे ।

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेस#स्थानीय तहनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.