मोरङ : मोरङको जहदामा मादक पदार्थ सेवन (मापसे) गरेर एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार जहदा गाउँपालिका ७ का ३३ वर्षीय नारायण सोरेनले कुटपिट गरेर श्रीमती ३२ वर्षीया पानो टुडुको हत्या गरेका हुन् ।
उनले मापसे गरेर गत चैत २९ गते पत्नीलाई कुटपिट गरेर घाइते बनाएको उनको भनाइ छ ।
घाइते महिलाको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post