विराटनगर : विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेसन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका ११ की ३४ वर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेसन गरेर सफलतापूर्वक निकालिएको हो ।
नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्य चिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्यूमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जीव झा, नाक, कान, घाँटी बिभागका डा.संजीव कुमार ठाकुर, छाती सम्बन्धि शल्य चिकित्सक डा.लोकेश यादव लगायत शल्यक्रियामा सहभाीि थिए ।
यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको डा.ठाकुर बताउँछन् ।
‘झण्डै एक लाख मान्छे मध्ये करिब एक जनामा मात्र यस्तो ट्यूमर पाइन्छ, त्यो पनि यत्तिको ठूलो विरलै मात्र भेटिन्छ, नेपालमा हालसम्म यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन,’ डा.ठाकुरले भने्, ‘हामीले नेपालमै पहिलो पटक यस्तो जटिल ट्यूमर निकालेका हौं ।’
घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झण्डै १७ सेन्टिमिटर लामो ट्यूमर सफलतापूर्वक निकालिएको हो । चिकित्सकहरुका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरुसँगै पलाएकाले सो ट्यूमर निकाल्दा नसामा चोट लाग्ने संभावना धेरै हुन्थ्यो ।
जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्यूमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।














Discussion about this post