मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ जुलबी चोकका ३५ वर्षीय मणिकुमार तामाङलाई छिमेकी हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कुटपिट गरेर स्थानीय ४० वर्षीय मानबहादुर तामाङको हत्या गरेको आरोपमा मणिकुमारलाई पक्राउ गरिएको हो ।
जग्गाको विषयमा आफ्ना बुवा ६४ वर्षीय देवीप्रसाद तामाङसँग झगडा गरेको भन्दै मणिकुमारले चिर्पट दाउराले टाउकोमा हानेर मानबहादुरलाई घाइते बनाएको डीएसपी श्रेष्ठले बताए ।
मानबहादुरलाई गत चैत ३० गते राति ९ बजेतिर कुटपिट गरेको प्रहरीले जनाएको छ । उपचारको क्रममा मानबहादुरको विराटनगरको न्यूरो अस्पतालमा शुक्रबार मृत्यु भएको हो । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।
मणिकुमारलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।













Discussion about this post