मोरङ : मोरङको रतुवामाई नगरपालिका ९ भौडा चोकबाट लागूऔषध ट्याब्लेट सहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका ९ का २० वर्षीय विवेक घिमिरेलाई प्रहरी चौकी ईटहराबाट गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागूऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।
लागूऔषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post