धरान : धरान उपमहानगरपालिका वडा नं २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् ।
निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा २ मा एमालेबाट वडाध्यक्ष रमेश राई विजयी भएका हुन् ।
वडाध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने कांग्रेसका उम्मेद्वार सुधीरसिंह लिम्बूले ६२७ मत पाएका छन् ।
यसैगरि, एमालेबाट सदस्यमा विजयी समीर राईले ६६० मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन् ।
यस्तै, दलित महिला सदस्यमा कांग्रेसका बुनु शंकरले ६८० मत पाएर विजयी भएकी छन् भने एमालेका उम्मेद्वारले ६५५ मत पाएका छन् ।
यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी भइन् भने प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाइन् ।
कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाएका छन् ।














Discussion about this post