इटहरी : इटहरीमा मेयर पदमा गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै रहेको छ ।
निर्वाचन कार्यालय इटहरीले ९ः३८ मा सार्वजनिक गरेको मतपरिणाम अनुसार मेयरमा गठबन्धनका हेमकर्ण पौडेल ७९७ मतले अगाडि छन् ।
मेयरमा पौडेलले ३,४२५ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका यामकुमार सुब्बाले २,७२८ मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा गठबन्धनका केशवकुमार विष्टको २,१९५ मत प्राप्त भएको छ भने नेकपा एमालेकी सङ्गीता चौधरीले २,९७२ मत प्राप्त गरेकी छन् ।
हाल इटहरी १, २, १९ र २० को मतगणना जारी छ ।














Discussion about this post