Thursday, October 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङ : एसईईमा जनता माविको नतिजा शून्य

रासस by रासस
बैशाख ३०, २०८३
in विविध, समाचार
0
निजी विद्यालयले चैत्र महिनाको शुल्क लिन नपाउने
67
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाइले दिएको जानकारीअनुसार यस वर्ष अघिल्लो वर्षभन्दा १० दशमलव ७३ प्रतिशतले एसइईको नतिजामा सुधार आएको छ ।

गत वर्षको एसइईमा जिल्लाभर ५४ दशमलव ६९ प्रतिशत विद्यार्थीले मात्र एसइई उत्तीर्ण गरेका थिए । यस वर्ष जिल्लाका एक सय पाँच वटा माध्यमिक विद्यालयबाट दुई हजार ८५७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

साधारण धारतर्फ दुई हजार ४५२ जना सहभागी भएकामा एक हजार ६५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

जसमा तीन दशमलव छ देखि चार जिपिएसम्म ७२ जना, तीन दशमलव दुईदेखि तीन दशमलव छसम्म दुई सय ३७ जना, दुई दशमलव आठदेखि तीन दशमलव दुईसम्म छ सय ६५ जना, दुई दशमलव चारदेखि दुई दशमलव आठसम्म छ सय १८ जना, दुईदेखि दुई दशमलव चारसम्म ५८ जना, एक दशमलव छदेखि दुई जिपिए ल्याउने पाँच र अवर्गीकृत सात सय ९७ जना विद्यार्थी रहेका छन् ।

यस्तै, प्राविधिक धारतर्फ एक ५४ जना विद्यार्थीमा ३२ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तीर्थराज विश्वकर्माले जानकारी दिएका छन् ।

जिल्लामा यस वर्ष एसइईमा दिक्तेल बोर्डिङ स्कुलका छात्र अभय सिंहले ३.९५ जिपिए ल्याएर उत्कृष्ट भएका छन् । सोही विद्यालयका आयुस खनालले ३.९२ र रोजन थापाले ३.९१ जिपिए ल्याएका छन् ।

सामुदायिक विद्यालयतर्फ सरस्वती मावि दिक्तेलका दिपिका शाक्यले तीन दशमलव ८६, डेनिसा अधिकारीले तीन दशमलव ८२ र त्रिभुवन मावि ऐँसेलुखर्ककी स्पन्दना राईले तीन दशमलव ८३ जिपिए ल्याएका छन् ।

Tags: #खोटाङ#राससएसईई
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३
FEATURE BREAKING

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

विराटनगर : सातै प्रदेशबीच विकास साझेदारी, साझा पूर्वाधार निर्माण र पारस्परिक लाभमा आधारित सहकार्यलाई संस्थागत गर्ने प्रतिबद्धतासहित ‘कोशी घोषणा–२०८३’ जारी गरिएको...

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा
समाचार

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

by टाकुरा न्यूज । इटहरी
अशोज २८, २०८३
0

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणनामा चार हजार मत गन्दा राजीव कोइरालाले २ हजार ३१२ मत प्राप्त गरेका...

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

भोजपुरमा भरुवा बन्दुक बरामद

अशोज २८, २०८३
परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

परम्परागत रूपमा माटोले घर पोत्ने चलन हराउँदै

अशोज २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

सातै प्रदेशबीच विकास साझेदारीलाई संस्थागत गर्ने कोशी घोषणा–२०८३

अशोज २८, २०८३
खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

खुला केन्द्रीय सदस्यमा राजीव कोइराला आठौँ स्थानमा, युवातर्फ पछ्याउँदै दोर्ची शेर्पा

अशोज २८, २०८३
विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

विदेशमा ज्यान गुमाएका २९ परिवारलाई पालिकाको दसैँ खर्च

अशोज २८, २०८३
भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

भूमा अधिकारीको ‘तिमी बोल्दा’ गीतको म्युजिक भिडियो सार्वजनिक

अशोज २८, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.