धरान : धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार किशोर राईको अग्रता कायमै छ । कुल ६२,७०४ मतमध्ये हालसम्म १३,४४८ मतगणना भएको छ ।
अहिलेसम्म कांग्रेसका उम्मेदवार राईले ४,१२२ मत ल्याएका छन् भने नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ३,३३८ मत ल्याएकी छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३,३०८ मत ल्याएका छन् ।
उपमेयरमा माओवादीका उम्मेदवार आइन्द्रविक्रम बेघाले ४,५८१ मत ल्याउँदा एमालेका उम्मेदवार पदम इस्बो लिम्बूले ४,०१२ मत ल्याएका छन् ।














Discussion about this post