इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १८ मा चारवटा मतपत्र हराएपछि मतगणना स्थगित भएको छ ।
इटहरी १८ मा कुल २,६५५ मत खसेको थियो । जसमध्ये चारवटा मतपेटिकाको १,३१२ मतगणना सकिएपछि बाँकी चारवटा मतपेटिकाको मतगणना गर्न बाँकी थियो ।
बाँकी चारवटा मतपेटिका खोलेर सटिङ गर्दा चार मत नभेटिएपछि मतगणना स्थगित भएको हो । चारवटा मतपेटिका खोलेर सटिङ गरिँदा १,३४३ मत हुनुपर्नेमा १,३३९ मत मात्रै भेटिएपछि मतगणना स्थगित गरिएको हो ।
इटहरी १८ मा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका राजदेव चौधरी वडाध्यक्षको उम्मेदवार छन् । यस्तै, नेकपा एमालेबाट रामकुमार चौधरी वडाध्यक्षको उम्मेदवार रहेका छन् ।
अहिलेसम्मको १,३१२ मतगणना सक्दा वडाध्यक्षमा माओबादी केन्द्रका राजदेवको ३५३ मत प्राप्त भएको छ भने एमालेका रामकुमारको ५८७ मत प्राप्त भएको छ ।
चारवटा मतपत्र नभेटिएपछि आफूहरू कानूनी प्रक्रियामा जाने माओबादीबाट वडाध्यक्ष रहेका राजदेव चौधरीले बताए ।
‘अब हामी कानूनी प्रक्रियामा जाने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘निर्वाचन आयोगमा लिखित उजुरी दिने र लिखित जवाफ चित्तबुझ्दो आएमा मतगणना जारी गर्नेछौँ ।’














Discussion about this post