धरान : धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शवको प्रकृति हेर्दा शरीरमा चोट र रगत लतपतिएको छ ।
प्रहरीका अनुसार शवको सनाखत हुन सकेको छैन । हत्या भएको आशंका गरिएपछि घटनाको अनुसन्धान सुरु गरिएको छ ।
घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट ट्रयाकर डग झिकाइएर अनुसन्धान सुरु गरिएको छ ।














Discussion about this post