मोरङ : मोरङको जहदा गाउँपालिका २ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ६ गते राति घरायसी विवादका कारण ४३ वर्षीय राजभरले आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्बरमा प्रहार गरी हत्या गरेर घटनास्थलबाटै फरार भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा राजभरलाई जेठ १० गते पक्राउ गरेको हो ।
पक्राउ परेका राजभरको मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post