उदयपुर : उदयपुरको कटारी नगरपालिका ७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ वर्षीय नाति रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
आज बिहान ६ बजे हजुरआमा र नातिबीच जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आवेगमा आएर रोहितले मनमायालाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनासम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि कटारी अस्पताल पठाएको छ ।
हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post