मोरङ : मोरङको कटहरी गाउँपालिका १ मा एक पुरुषको शव फेला परेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अुनसार पुरुषको शवको प्रकृति हेर्दा हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का छ ।
कटहरी २ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव सडक छेउको नालीनजिकै बाँझो खेतको डिलमा फेला परेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो ।
खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर मोरङ प्रहरीका डीएसपी राजन कार्की नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ ।














Discussion about this post