मोरङ : मोरङको बेलबारी १० स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका दुवैजनाको मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारीसाधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने खुलेको छैन ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विराटनगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post