मोरङ मोरङको कटहरी गाउँपालिका ७ स्थित लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
हिजो बेलुकी लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ वर्षीय जोगलाल सरदारको पानीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो ।
घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post