मोरङ : मोरङमा भएका अलगअलग घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
लेटाङ नगरपालिका ३ मा नरिबलको रुखबाट लडेर एक युवकको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नरिबल टिप्न रुखमा चढेका लेटाङ ३ का २३ वर्षीय अशोक राईको लडेर मृत्यु भएको हो ।
यस्तै, कटहरी गाउँपालिका ७ हुरहुरियास्थित लोहन्द्रा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । खोलामा डुबेर कटहरी ७ का ३९ वर्षीय जोगलाल सरदारको मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बालुवा निकाल्न खोलामा पसेका सरदारलाई डुबेर बेहोस भएको अवस्थामा फेला पारिएको थियो । बेहोस अवस्थामा फेला पारेर आफन्तले घरमा ल्याएको केही बेरमै उनको मृत्यु भएको श्रेष्ठले बताए ।
दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post