उदयपुर : उदयपुरको चौदण्डीगढीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको बसाहास्थित घुम्तेली टोलका स्थानीय ४७ वर्षीय धनकुमार राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा भएको विद्युतीय तार हटाउन खोज्दा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा चौदण्डीगढी अस्पताल मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post