मोरङ : मोरङको रतुवामाई नगरपालिका १ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका ९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको हो ।
टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएका छन् ।
उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।












Discussion about this post