मोरङ : मोरङको छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अुनसार जिल्लाको बेलबारी र रतुवामाई नगरपालिकामा भएको घटनामा तीनजनाको मृत्यु भएको छ ।
रतुवामाई १ मुस्लिम टोलका साकिर आलमका २ वर्षीय छोरा जासिद आलमको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको छ । घरदेखि ३० मिटरजति उत्तरमा रहेको सार्वजनिक कलको पानी जमेको खाल्डोमा बालकको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी २ स्थित सडकमा रोकेर राखेको ना ६ ख ५९३६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ८२२३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ वर्षीया बालिकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर बेलबारी १० का रविन चाम्लिङ राईकी छोरी दयानी राईको मृत्यु भएको हो ।
मृतक बालिका मोटरसाइकलमा बाबु–आमासँगै सवार थिइन् । दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा राति ९ बजेतिर मृत्यु भएको हो ।
यस्तै, बेलबारी ४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय गणेशकुमार राईको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका १ घर भएका राई गत शुक्रबार दिउँसो दुर्घटनामा परेर घाइते भएका थिए ।
प्रदेश १–०२–०४४ प १६७२ नम्बरको स्कुटरका चालक रहेका उनको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा शनिबार राति ८ः३० बजेतिर मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स्कुटरलाई शुक्रबार दिउँसो ४ः४० बजेतिर पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७४७ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
सबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post