मोरङ : मोरङको बेलबारी ११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सोमबार (आज) दिउँसो सवा १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मोरङ बेलबारी १० का ३१ वर्षीय कुसुमलाल धिमालको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चचरे ६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post