मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका ५ बूढीखोला नजिकैबाट लागूऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरिगढी गाउँपालिका ८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा बसिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागूऔषध गाँजा ८ किलोग्राम बरामद गरिएको हो ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post