सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ स्थित गछिया खोलाको बाढीमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गछिया खोलाको बाढीमा स्थानीय ५८ वर्षीय रामबहादुर विकको शव फेला परेको हो ।
उनी सोमबार बेलुकादेखि हराइरहेका र मंगलबार बिहान स्थानीयहरूले बाढीमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
(सांकेतिक तस्वीर)














Discussion about this post