मोरङ : मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको खुलेको छ ।
घटनामा गम्भीर घाइते भएकी बबिताको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मल्लिकलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।













Discussion about this post